Rule 19
स्वास्थ्यकर कोषको रकम खर्च
(१) स्वास्थ्यकर कोषमा जम्मा भएको रकम देहाय बमोजिमका कार्यका लागि खर्च गरिनेछः—
(क) धुम्रपान तथा सूर्तिको उपभोगबाट उत्पन्न रोगको रोकथाम, नियन्त्रण, निदान, उपचार तथा अनुसन्धान गर्न,
(ख) धुम्रपान तथा सूर्तिजन्य पदार्थको नियन्त्रणको लागि स्वास्थ्य शिक्षा, जनचेतनामूलक र सेवामूलक कार्यक्रम सञ्चालन गर्न,
(ग) समितिको सञ्चालन खर्च ।
(२) उपनियम (१) बमोजिमका कार्य गर्नको लागि स्वास्थ्यकर कोषको रकमलाई देहाय बमोजिम बाँडफाँड गरिनेछः—
(क) धुम्रपान तथा सूर्तिजन्य पदार्थको उपभोगबाट उत्पन्न रोगको निदान, उपचार तथा अनुसन्धान गर्नको लागि सरकारी स्वामित्वका अस्पतालहरुलाई पचहत्तर प्रतिशत रकम,
(ख) धुम्रपान तथा सूर्तिजन्य पदार्थको रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य, शिक्षा, जनचेतनामूलक र सेवामूलक कार्यक्रम संचालन गर्न मन्त्रालय अन्तर्गतका केन्द्र वा महाशाखाहरुलाई पन्ध्र प्रतिशत रकम,
(ग) धुम्रपान तथा सूर्तिजन्य पदार्थको उपभोगबाट उत्पन्न रोगको रोकथाम, नियन्त्रण, निदान र उपचार सम्बन्धी कार्यक्रम सञ्चालन गर्नको लागि सामाजिक संस्था वा गैरसरकारी अस्पताललाई दश प्रतिशत रकम ।
(३) उपनियम (२) को खण्ड (ख) मा उल्लिखित रकममध्येबाट ०.५ (शून्य दशमलव पाँच) प्रतिशत रकममा नबढाई समितिले तोके बमोजिमको रकम समितिको प्रशासनिक कार्यको लागि खर्च गर्न सकिनेछ ।